कांग्रेस केन्द्रीय समितिको बैठक, सत्ता समीकरणबारे छलफल



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न बैठक बस्न लागेको कांग्रेसले जनाएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने छ । बैठकमा मुख्यतः प्रतिनिधि सभा पुनःस्थापना भएपछिको अवस्था र नयाँ सत्ता समीकरणबारे छलफल हुने छ ।

शुक्रवार बस्ने कांग्रेस बैठकले राजनीतिक निकासका लागि केही निर्णय लिने अपेक्षा गरिएको छ । केही दिनअघि बसेको कांग्रेस पदाधिकारी बैठकले निकासका लागि कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने निर्णय गरेको थियो ।

केन्द्रीय समिति बैठकअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूपक्षीय नेताहरूसँग १ बजे पार्टी कार्यालयमै छलफल गर्दैछन् ।