राष्ट्रपतिले मेलम्ची पानीको आज औपचारिक उद्घाटन गर्दै



काठमाडौँ । काठमाडौँमा आज मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् ।

दिउँसो दुई बजे भृकुटीमण्डपमा नवनिर्मित धारा खोलेर राष्ट्रपति भण्डारीले मेलम्चीको पानी वितरणको उदघाटन गर्ने कार्यक्रम छ।

पानी वितरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने छन्। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले आजदेखि बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पनि पानी वितरण सुरु गरेको छ।

बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा शुक्रबार बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ।