‘सी’ डिभिजन लिगमा आज दुई खेल: को-को भिड्दै छन् ?



काठमाडौं । सहिद स्मारक ‘सी’डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा प्लानिङ ब्वाइज युनाईटेड र सानेपा क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्लानिङ र सानेपाबीचको खेल १२: ३० बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा विरगंज युथ एकेडेमी र मनोहरा युनाईटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ । विरगंज र मनोहराबीचको खेल दिउसो ३स्३० बजे सुरु हुनेछ । समूह ‘ए’ को विरगंजले ४ खेलमा ९ अंक जोडेको छ ।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् ।