वायु प्रदूषण घट्दै, पहाडी भूभागको मौषम सामान्य बदली



काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रवार देशका पहाडी भूभागमा आंशिकदेखिसामान्य बदली हुने जनाएको छ । यस बाहेक अन्य भूभागहरुको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताए ।

देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। अहिले विहान देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यातय सफा रहेको छ।

यस्तै बुधबार पानी परेसँगै वायुमा रहेको उच्च प्रदूषण पनि घट्दै गएको छ । डडेलो नलागेको र लागेका ठाउँमा नियन्त्रणमा आएको अवस्थामा आव वायु प्रदूषणको समस्या नहुने तर डडेलो लागेको अवस्थामा पुनः प्रदूषण बढ्ने मौषमविद्को भनाई छ । तर, फेरि पनि डडेलो लाग्यो र त्यसलाइ नियन्त्रणमा ल्याउन सकिएन भने आइतबारबाट पुनः वायु प्रदूषण हुनेछ ।