ब्राजिलमा एकैदिन तीन हजार ६ सयभन्दा बढीको मृत्यु



काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २० घण्टामा ब्राजिलमा मात्रै तीन हजार ६७३ जनाको मृत्यु भएको छ। विश्वभर झण्डै साढे ११ हजार जनाको मृत्यु हुदाँ अमेरिकामा ९४५, इटलीमा ५०१, भारतमा ४६८, रुसमा ३८३,  फ्रान्समा ३१४ जना रहेका छन्।

योसँगै कोरोनाका कारण विश्वभर कुल मृतकको संख्या २८ लाख ३९ हजार ११८ जना पुगेको छ।

यसैबीच विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ८२ हजार ४९४ जना संक्रमित थपिएका छन्। ब्राजिलमा ८९ हजार ४५९, भारतमा ८१ हजार ४४१, अमेरिकामा ७५ हजार ३९८, फ्रान्समा ५० हजार, टर्कीमा ४० हजार ८०६ जना संक्रमित थपिएका छन्।

विश्वभर कुल संक्रमितको संख्या १३ करोड १ लाख ४६ हजार ३१४ रहेका छन्। संक्रमितमध्ये १० करोड ४८ लाख ७३ हजार ५५६ जनाले कोरोनालाई जितेका छन्।