विमस्टेकको मन्त्रीस्तरिय बैठक सम्पन्न



काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को १७ औं परराष्ट्रमन्त्रीस्तरीय बैठक बिहीबार सम्पन्न भएको छ । विमस्टेकको अध्यक्ष श्रीलंकाले आयोजना गरेको भर्चुअल बैठकमा सदस्य राष्ट्रहरु भारत, नेपाल, बंगलादेश, श्रीलंका, म्यान्मार, थाइल्याड र भुटान सहभागी भएका थिए ।

नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भारतका विदेशमन्त्री एस. जयशंकरसहित अन्य सदस्य मुलुकका विदेशमन्त्रीहरुले निर्धारित एजेन्डामै विमस्टेकका सदस्य राष्ट्रहरुबीच सहकार्य गर्ने लगायतका धारणा राखे । बैठकमा म्यान्मारका सैनिक मन्त्रीले पनि धारणा राखे । अन्य देशका मन्त्रीहरुले म्यान्मारमा भइरहेको नरसृंहार सम्वन्धी कुनै अभिव्यक्ति नै दिएनन् ।

म्यान्मारमा दुई महिनादेखि भइरहेको नरसंहारको विषय प्रवेश नै नगरी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को १७ औं परराष्ट्रमन्त्रीस्तरीय सम्पन्न भएको छ ।