गण्डकीमा एमाले खनाल–नेपाल समूहको समानान्तर कमिटी घोषणा, संयोजकमा पाण्डे



काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले गण्डकी प्रदेशमा समानान्तर कमिटी गठन गरेको छ । बिहीबार पोखराको लेकसाइडमा भएको कार्यक्रममा वरिष्ठ नेता नेपालले सुरेन्द्र पाण्डेको संयोजकत्वमा २२ सदस्यीय समानान्तर कमिटी घोषण गरेका हुन् ।

यता नेता पाण्डेलाई भने अध्यक्ष ओलीले आजै पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट ६ महिनाको लागी निलम्वन गरेका छन् । प्रदेश भेलामा प्रदेशका ९ वटै जिल्लाको समानान्तर कमिटी पनि घोषणा गरिएको छ । कास्कीमा धनराज अचार्यलाई अध्यक्ष र सचिवमा होमबहादुर नेपालीलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी, स्याङ्जाको अध्यक्षमा रामचन्द्र भट्टराई र सचिवमा भुपराज, म्याग्दीमा अध्यक्ष बालकृष्ण सुवेदी, बागलुङमा इन्द्रलाल सापकोटा अध्यक्ष र लालबहादुर थापा सचिव, पर्वतमा भक्त कुँवर अध्यक्ष र पदमपाणी शर्मा सचिव, तनहुँमा शंकनारायण क्षेष्ठ अध्यक्ष र श्रीराम कार्की सचिव रहेका छन् भने गोरखामा यादव बस्नेत अध्यक्ष र सानोमाया बस्नेत सचिव रहेका छन् ।

नवलपुर र लमजुङ अध्यक्ष र सचिवले नाम सार्वजानिक गर्न मानेनन् । उनीहरुले छुट्टै घोषण कार्यक्रम आयोजना गरेर नाम सार्वजानिक गर्ने बताएका छन् । हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा भने कमिटी गठन गर्न बाँकी छ ।