२४ घण्टामा कोरोनाका १ सय ५२ नँया सङ्क्रमित थपिए, १ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ सय ५२ नँया सङ्क्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार ४ सय ६१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो चौबीस घण्टामा एकजना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ । देशका विभिन्न अस्पतालबाट ६५ जना सङ्क्रमित निको भई घर फर्किएको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ७२ हजार ८५१जना पुगेको छ । अहिलेसम्म २२ लाख ७५ हजार ५४० वटा पीसीआर परीक्षण भइसकेको छ ।