चलचित्र ‘गुड फ्रेन्ड’को ट्रेलर सार्वजनिक



काठमाडौं । चलचित्र ‘गुड फ्रेन्ड’को ट्रेलर बिहिबार सार्वजनिक गरिएको छ । राजबहादुर सानेको निर्देशन रहेको चलचित्र ‘गुड फ्रेण्ड’ चैत्र २७ गतेका लागि रिलिज डेट लिँदै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो ।

वसन्त बर्मा, राज सिंह र पम्फा बर्मा निर्माताको रूपमा रहेको चलचित्रमा मुकेश ढकाल, सबिना कार्की, राज सिंह, दीपक विक्रम शाहीलगायत कलाकारको अभिनय रहेको छ ।