भुषाल र पाण्डे ६ महिनाका लागी पार्टीबाट निलम्वित



काठमाडौं । नेकपा एमालेलेका उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पार्टीको कारवाहीमा परेका छन् । अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सोधेको स्पष्टीकरण समयमै नआएको तथा चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट निलम्बन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

नेकपा अध्यक्ष केपी शर्मा ओलीले चैत ८ गते वरिष्ठ नेता माधव कुमार नेपालसहित ४ जनालाई पार्टीको विधानविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेका थिए ।

यसअघि उनले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरीसकेका छन् । नेपाल र रावलले उक्त स्पष्टीकरणको जवाफ चैत १२ गते नै दिएका थिए । तर उनीहरूको जवाफ चित्तबुझ्दो नभएको भन्दै ओलीले चैत १६ गते दुवैलाई पार्टीको साधारण सदस्यबाट समेत ६ महिनाका लागि निलम्बन गरेका छन् ।

भुसाल र पाण्डेले भने चैत १७ गते जवाफ फर्काएका थिए । उनिहरुलाई स्पष्टीकरण समयमै नदिएको तथा स्पष्टीकरणमा अहंकार देखिएको भनिएको छ । भुसाल र पाण्डेलाई सच्चिनका लागि अन्तिम मौका दिइएको समेत निलम्वन गरिएको जानकारी दिन पठाइएको पत्रमा उल्लेख गरेका छन् ।