नेकपा विघटन गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन नहुने

एमाले र माओवादी नै अस्तित्वमा रहने


काठमाडौं । सर्बोच्च अदालतले नेकपा विघटन गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन अनुमति नदिने निर्णय गरेको गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको फैसला पुनरावलोकन गर्न दिएको निवेदनलाई सर्वोच्च अदालतले बिहीबार अनुमति नदिने फैसला सुनाएको हो ।

इजलासले पुनरावलोकन नहुने भनी आदेश गरेपछि अब एमाले र माओवादी नै अस्तित्वमा रहने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर र न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पुनरावलोकनका लागि अनुमति नदिने फैसला गरेको सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

दाहालले ‘सर्वोच्च अदालतको गैरकानुनी आदेशले आफूलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को अध्यक्ष कायम गराएको भनिएको’ भन्दै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै अध्यक्षको हैसियतमा निवेदन दर्ता गराएका थिए ।