आइफ्लिक्समा ‘छक्का पञ्जा २’



लामो समयसम्मको पर्खाईपछि बहु चर्चित चलचित्र ‘छक्का पञ्जा २’ आइफ्लिक्समा सार्वजनिक भएको छ । यो चलचित्र अनलाइन रिलिज भएको हो । योसंगै लामो समयपछि छक्का पञ्जा २ को प्रतिक्षा सकिएको छ। चलचित्र युटुवमा रिलिज भएको छैन ।

दिपाश्री निरौला निर्देशित यो फिल्म सम्भवतः युटुवमा पनि छिट्टै रिलिज हुनेछ । दिपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत लगायतको अभिनय रहेको छ । फिल्मले सार्वजनिक प्रदर्शनमा दर्शकको साथ अत्याधिक पाएको थियो ।