भारतबाट फर्कने बढेपछि बर्दियामा सुरजपुरबाहेक सबै नाका बन्द



काठमाडौं । भारतमा कोरोना संक्रमण बढेका कारण रोजगारीका लागी भारतमा रहेका नेपाली स्वदेश फर्कन थालेपछि बर्दियामा एउटा मात्रै नाकाबाट आवतजावत गर्ने व्यवस्था मिलाइएको छ । नेपाल–भारत सीमा जोडिएको बर्दियाको सुरजपुरबाहेक जिल्लाका सबै नाका बन्द गरिएको हो ।

भारतीयलगायत विदेशीलाई भने यस नाकाबाट प्रवेशमा रोक लगाइएको तर फर्कने भारतिय नागरिकलाई भने रोक नलगाइने प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए ।

सुरजपुर नाकामा हेल्थ डेक्स राखिएको छ भने स्वास्थ्यकर्मी र सशस्त्र प्रहरी बलसहितको टोली परिचालन गरिएको छ । नेपाल फर्कने नागरिकलाई स्वास्थ्य परीक्षण र पिउने पानीको व्यवस्था गरिएको छ । प्रजिअ सुनारका अनुसार संक्रमण भएकालाई तत्काल एम्बुलेन्समा राखेर क्वारेन्टिनमा पठाइनेछ, भने फर्कने सबैजना १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले बताए ।