उपत्यकामा सहित पूर्वी र मध्य पहाडमा हल्का वर्षा, वायु प्रदुषण केही कम हुने



काठमाडौं । काठमाडौं उपत्यकासहित पूर्वी र मध्य पहाडमा बुधबार साँझ हल्का वर्षा भएको छ । पानी परेपछि गत शुक्रबारदेखी लागेको वायु प्रदुषण र तुवाँलो हट्ने भनिएको थियो ।

तर वर्षाले अहिले देखिएको वायु प्रदुषण र तुवाँलोलाई केही कम गर्ने भए पनि पूर्ण रुपमा अन्त्य नहुने मौसमविद मञ्जु बासीले जानकारी दिइन् । ‘हल्का वर्षामात्र भएकाले हिजो अस्तिदेखि देखिएको तुवाँलो पूर्ण रुपमा खुल्ने सम्भावना नदेखिएको उनको भनाई छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यका, गण्डकी प्रदेश र प्रदेश १ को पहाडी क्षेत्रमा हल्का वर्षा भएको हो ।