राष्ट्रिय जनगणना २०७८ को लागी मुख्य गणना २०७८ जेठ २५ गतेदेखि हुने



कठमाडौं । राष्ट्रिय जनगणना २०७८ को लागि मुख्य गणना कार्य २०७८ जेठ २५ गतेदेखि शुरु हुने भएको छ । यस अवधिमा सुपरिवेक्षकहरुले प्रत्येक वडाबाट सामुदायिक प्रश्नावलीमा रहेका विवरण सङ्कलन गर्नेछन् ।

बुधबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय जनगणना २०७८ को तयारी र भावी कार्ययोजनाको सम्बन्धमा भएको छलफलका क्रममा केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले अब हुने जनगणनाको मुख्य गणना जेठ २५ देखी ८ गतेसम्म हुने जानकारी दिए ।

महानिर्देशक श्रेष्ठका अनुसार यो गणनामा प्रत्येक घरमा गई करिब ८० वटा प्रश्न सोधीने छन् । जनगणनाको लागि ३९ हजार गणक तथा ८ हजार सुपरिवेक्षक परिचालन गरिने तयारी छ । मुख्य जनगणना अघि बैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म घरपरिवार सूचिकरण गरिने पनि बताउनुभयो ।

जनगणनाका लागी ७ वटा प्रदेशमा र ७७ जिल्लामा ८० स्थानमा जनगणना कार्यालय स्थापना गरिएको उनले जानकारी दिए । वि.सं. १९६८ सालदेखि नेपालमा प्रारम्भ भएको जनगणना हरेक १०÷१० वर्षमा हुँदै आएको छ ।