कर्णालीमा एमाले र माओवादी केन्द्रद्वारा संसदीय दलको बैठक आव्हान



काठमाडौं । दलको विधान पारित र मुख्यमन्त्री विरुद्ध परेको अविश्वास प्रस्तावबारे छलफल गर्न कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेश सभा संसदीय दलको बैठक बोलाएका छन् ।

एमालेले चैत २२ गते र माओवादी केन्द्रले २१ गते बैठक बोलाएको हो । माओवादी केन्द्र संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीका अनुसार दलको विधान पारित, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वास प्रस्ताव र दलभित्रको नयाँ जिम्मेवारीबारे छलफल हुनेछ ।

त्यस्तै २२ गते बोलाएको संसदीय दलको बैठकमा सबै सांसदलाई उपस्थित हुन सूचना गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए । बैठकमा सरकार गठनबारे छलफल हुने उनको भनाइ छ ।