भारतको जयपुर अदालतद्वारा १२ विद्यार्थी आतंकवादी ठहर : १ जना रिहा



काठमाडौं । सन् २०१४ मा पक्राउ परेका भारतको राजस्थानका १३ विद्यार्थीलाई त्यँहाको अदालतले आतंकवादी ठहर गरेको छ । राजस्थानस्थित जयपुर जिल्ला र सेसन अदालतले १२ इन्जिनियरिङ विद्याथीलाई आतंकवादी गतिविधिमा दोषी ठहर गरेको हो ।

इस्लामिक मूवमेन्ट अफ इन्डिया (सिमी)सँग जोडिएका उनीहरुलाई सन् २०१४ मा पक्राउ गरिएको थियो । उक्त मुद्दाको सुनुवाई गर्दै न्यायाधीश उमाशंकर व्यासले १३ मध्ये १२ जना आतंकवादी गतिविधिमा संलग्न रहेको बताएका छन् । एकजनालाई भने रिहा गर्न आदेश दिइएको छ ।

दोषी ठहर हुनेमा अब्दुल मजेद, मोहम्मद वाहिद, मोहम्मद उमर, मोहम्मद अकीब, मोहम्मद वकार, मोहम्मद अम्मार, बरकत अली, मशराफ इकबाल, मोहम्मद मारूफ, अशरफ अली, मोहम्मद साकीब अन्सारी, वकार अजहर र मोहम्मद सज्जाद छन्। यता, जोधपुर निवासी इश्राफ इकबाल छुटेका छन् ।

दैनिक भास्करका अनुसार उनीहरू सबै इन्जिनियरिङका विद्यार्थी थिए । आतंकवादी भनिएका विद्यार्थीमध्ये ६ सीकरका, ३ जोधपुरका र एक÷एक जना जयपुर र एक बिहारका छन् । रिहा भएका एक विद्यार्थी जोधपुरका बासिन्दा हुन् ।