कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउन चाहेका छौँ : नेता नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाईमा पुर्याउन चाहेको बताएका छन् ।
उनले कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न र धरासायी हुन नदिने तथा विसर्जनको ठाउँमा पुर्याउन नदिने संकल्प समेत गरेका छन् ।

त्यसका लागि देशै भरका कम्युनिष्ट आन्दोलन र नेकपा एमालेका योद्धाहरु पार्टीको एकता, कम्युनिष्ट आन्दोलनको रक्षा र सबै खालका विकृति विसङ्गतिबाट मुक्त गरी क्रान्तिकारी रुवरुप दिने पक्षमा आफू रहेको पनि स्पष्ट पार्नुभयो ।

बुधबार काठमाडौंको बुद्धनगरमा आफू निकट युवा संघ नेपालको केन्द्रीय कार्यालयको समुद्घाटन गर्दै नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पु¥याउने अभियानमा आफू लागेको बताउनुभएको हो । आफूहरुको विचार माक्र्सवाद र लेलिनवादबाट निर्देशित भएको र त्यही विचारको मार्गदर्शनमा अगाडि बढ्दै बहुदलीय जनवादको मूल्य र मान्यतालाई जगेर्ना गर्न चाहेको भनाई राखे ।