चलचित्र ‘मनसँग मन’ : सर्यो प्रदर्शन मिती

चैत्र २७ मा प्रदर्शन नहुने


काठमाडौं । चैत्र २७ गतेलाई तोकिएको चलचित्र ‘मनसंग मन’को प्रदर्शन मिती सारिएको छ । कोरोना त्रासका कारण सौरभ इन्टरटेनमेन्ट र बालाली इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति सारिएको निर्माणपक्षले जनाएको छ ।

कोरोनाको माहोल पुनः बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले भीडभाड नगर्न आग्रह गरिसकेको छ । सरकारले हलमा लागू गरेको ५० प्रतिशत अकुपेन्सी पनि हटाएको छैन ।

फिल्मको प्रदर्शन मिति पछि सारिएतापनि यसको फस्टलुक भने सार्वजनिक गरिएको छ । फिल्मको फस्टलुकमा मुख्य कलाकारहरु नायक पुष्प खड्का र नायिका वर्षा शिवाकोटीलाई रोमान्टिक अवतारमा देखाइएको छ ।

सो फील्ममा बुद्धि तामाङ, चाँदनी प्रधान, महेन्द्र बागदास, सन्ते दाको पनि अभिनय छ । फिल्मको एक गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले नृत्य गरेका छन् ।

कैलाश राईको निर्देशन र अरुण तामाङको लगानी रहेको फिल्ममा सन्तोष खवासको द्वन्द्व रहेको छ । फिल्ममा सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन, अर्जुन पोखरेल, दीपक शर्मा र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन गरेका छन् ।