गण्डकी प्रदेशको हिउँदे अधिवेशन चैत्र २५ देखी सुरु गर्न सिफारिस



काठमाडौं । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन यही चैत २५ गतेदेखि सुरु हुने भएको छ । एउटा अधिवेशन सम्पन्न भएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाउनु पर्ने व्यवस्था अनुसार प्रदेश सरकारले अधिवेशन बोलाउने निर्णय गरेको हो ।

प्रदेश सरकारको मंगलबारको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा बैठक आह्वानको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिएका छन् ।

मन्त्री बस्नेतले मन्त्रिपरिषद्को बैठकबाट ४ वटा विधेयक पास भएको र अब प्रदेशसभा सचिवालयमा दर्ता हुने बताए । गत वर्ष अधिवेशन असोज २६ मा सकिएको थियो ।