ओलीले २३ चैतभित्र संसदबाट विश्वासको मत लिनु पर्छः गुरुङ



काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले २३ चैतभित्र संसदबाट विश्वासको मत लिनुपर्ने बताएका छन् । नभए सरकारको वैधानिकतामाथि नै प्रश्न उठ्ने सचेतक गुरुङको दाबी छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक गुरुङले केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान विफल बनाउन लागिपरेको आरोप समेत लगाएका छन् ।

उनले संसद्लाई फेरि विघटन गरी सरकार अगाडि बढ्न खोजेको देखिएको र सदनलाई सरकारले बिजनेसविहीन बनाएको भनाई राखे ।