बागमतीका मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले फिर्ता लिएका छन् ।

नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षका प्रदेश सांसदहरुले पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् ।एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशसभा सांसद अष्टलक्ष्मी शाक्यले मंगलबार अविश्वासको प्रस्ताव फिर्ता लिएको बताइन् ।

यसअघि नेकपा एमालेले आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेकाहरुविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो ।गत पुस १० गते नेकपा माओवादी केन्द्र र खनाल(नेपाल पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।