अध्यक्ष ओलीले कंगारु अदालतको अभ्यास गरे : पाण्डे



काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले स्पष्टीकरण दिँदै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले ‘कंगारु अदालत’ को अभ्यास गरिरहेको बताएका छन् ।

साथै उनले ओलीले गुटगत भेला गरेको, पार्टी विधान उल्लंघन गरेको लगायत आरोप लगाएका छन् । अध्यक्ष ओलीले ८ चैतमा सोधेको स्पष्टीकरणको जवाफ दिँदै पाण्डेले यस्तो आरोप लगाएका हुन् ।

९ पृष्ठ लामो स्पष्टीकरण पत्रमा पाण्डेले अध्यक्ष ओलीलाई नै विभिन्न आरोप लगाएका छन् । स्पष्टीकरण दिन जरुरी नरहेपनि आफुप्रति लगाइएको आरोप पर्वाग्रही र झुठा दावीहरु पर्टी पङ्तिलाई जानकारी गाराउन जवाफ दिन परेको उल्लेख गरेका छन् ।