प्रचण्ड अदालत गएपछि ओलीको प्रतिक्रिया: डबलीको भाषा बोलेर एकताको डिङ हाँक्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “नेकपा” एकता भंग गर्ने सर्बोच्च अदालतको फैसला पुनरावलोकनको लागी गएपछि प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी मिलाइदिने काम अदालतको नभएको प्रतिक्रिया दिएका छन् ।

उनले अदालतले पार्टी मिलाउने काम गर्ने भए आफू पनि जनता समाजवादी पार्टी एमालेमा मिलाइपाउँ भन्ने मागसहितको निवेदन लिएर अदालत जाने भन्दै व्यंग्य गरे । काठमाडौंमा रिपोर्टर्स क्लबको वार्षिकोत्सवलाई सम्बोधन गर्दै ओलीले अदालतमा गएर एमाले र माओवादी एक नहुने बताएका छन् ।

ओलीले दाहाललाई मिल्ने बाटोमा नहिँडेको भन्दै डबलीको भाषा बोलेर एकताका डिङ हाँक्ने भन्दै व्यङ्ग्य गरेका छन् ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको पार्टी नेकपा नाम ऋषि कट्टेललाई दिई दुवै पार्टी ब्युँताउने सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाविरुद्ध पुनरावेदन रिट लिएर मंगलबारै सर्वोच्च अदालत पुगेका हुन् ।