सिराहाकी जानकीदेवी रामलाई साँसद बनाउन एमालेको सिफारिस



काठमाडौं । नेकपा एमालेले सिराहाकी जानकीदेवी रामलाई सांसदमा सिफारिस गरेको छ । एमालेले रिक्त समानुपातिक सदस्यमा जानकीदेवीलाई प्रतिनिधिसभा सदस्य बनाउन निर्वाचन आयोगमा सिफारिस गरेको हो

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सांसद निर्वाचित गर्न निर्वाचन आयोगमा पत्र पठाएको जानकारी दिए ।

एमालेकी समानुपातिक सांसद् इलामकी सानु शिवाको निधन भएपछि सांसद् पद रिक्त थियो । राजनकीदेवी प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारको बन्द सूचीमा ८८ नम्बरमा थिइन् । जानकीदेवी राम निर्वाचित भएपछि प्रतिनिधिसभामा एमालेको सांसद १२१ जना हुनेछन् ।