म्यानमारमा सैन्य दमनको विरोधमा नेपालमा शान्ति समाजको प्रदर्शन



काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले म्यानमारमा लोकतन्त्र वहालीको माग गर्दै भइरहेको आन्दोलनमा सैन्य दमनको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ ।

मंगलबार संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयअगाडि प्रदर्शन गर्दै समाजले म्यानमारमा भइरहेको मानवताविरुद्धको अपराधलाई रोक्न अन्तराष्ट्रिय समुदायले सामूहिक कदम चाल्न राष्ट्रसंघलाई आग्रह गरेको छ ।

समाजका सभापति गोविन्द खनालले राष्ट्रसंघका महासचिवलाई लेखेको पत्रमा ‘मानव अधिकार तथा शान्ति समाज म्यानमारको सैनिक सत्ताद्वारा भइरहेको हत्या र दमनलाई रोक्नका लागि प्रभावकारी कदम चाल्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरिएको छ ।