पुर्वराजा ज्ञानेन्द्रका सुरक्षाकर्मी अब १६ जना मात्रै



काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटाएको सुरक्षाकर्मीमा कटौती गरेको छ । उनको सुरक्षामा खटिदै आएका दुई दर्जन सुरक्षाकर्मीलाई सरकारले फिर्ता बोलाएको हो ।

अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धि कार्यविधि, २०७७ अनुसार मापदण्डविपरितका सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको जनाइएको छ । जसअनुसार पूर्वराजा शाह र राजपरिवारको सुरक्षामा खटिएका २४ जना सुरक्षाकर्मी फिर्ता भएका हुन् ।

पूर्वराजपरिवारको सुरक्षामा ४० जना सशस्त्र प्रहरी तैनाथ रहेकामा अब १६ जनामात्रै हुनेछन् । उनको सुरक्षामा रहने १६ जनाको कमाण्ड सशस्त्रका डीएसपीले गर्नेछन् ।