एमाले अध्यक्ष ओलीद्वारा अन्तरपार्टी निर्देशन जारी



काठमाडौं । नेकपा एमालेले अन्तरपार्टी निर्देशन जारी गरेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षरमा पार्टीको तल्ला निकायहरुमा पठाइएको अन्तर पार्टी सर्कूलरमा परिवर्तित सन्दर्भमा पार्टीभित्रका पक्षहरुलाई उल्लेख गरिएको छ ।

गत फागुन २८ गते र चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयलाई जानकारी दिई तत्परताका साथ कार्यान्वयन गराउन भन्दै २० पृष्ठको अन्तरपार्टी निर्देशन जारी जारी गरिएको छ ।

पछिल्लो राजनीतिक परिस्थिति र अदालतको फैसला, पार्टी विधान अनुसार गरिएको बाधा अड्काउ फुकाउको निर्णय, केन्द्रीय कमिटीमा गरिएको मनोनयन, नेताहरुको जिम्मेवारी हेरफेर, महाधिवेशन आयोजक कमिटी गठनलगायतका विषय पनि अन्तर पार्टी निर्देशनमा उल्लेख गरिएको छ ।