ओलीलाई महासचिव भुसालको स्पष्टीकरण : तपाँइकै कारण पार्टी विर्सजनतर्फ गयो



काठमाडौं । नेकपा एमालेका उपमहासचिव धनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठाउँदै स्पष्टीकरणको जवाफ दिएका छन् ।
नेता भुसालले अध्यक्ष ओलीकै कारण पार्टी वैचारिक, सैद्धान्तिक, राजनीतिक र सांगठनिक हिसाबले विसर्जनतर्फ गएको आरोप लगाँउदै पत्रमार्फत स्पष्टीकरणको जवाफ पठाएका हुन् ।

उनले पत्रमा भनेका छन्, ‘उम्मेदवारी, नियुक्तिको सिफारिस, अवसरहरूको बाँडफाँड र त्यसका लागि गुटबन्दी नै संगठनको मुख्य चरित्र बन्दै गइरहेको छ भनेका छन् । यसरी यो पार्टी एउटा लोकतान्त्रिक र क्रान्तिकारी बाटोबाट टाढा गइरहेको र विसर्जनको बाटोमा हिँडिरहेको भन्दै यो काम अध्यक्षकै नेतृत्वमा भइरहेको उल्लेख गरेका छन् ।

उनले ओलीलाई सत्ता र शक्तिको भोगको हिसाबले तपाईंले पाउन अझै के बाँकी छ ? भनेर प्रश्नसमेत गरेका छन् । साथै उनले अगाडी थपेका छन् ‘कसका बलमा, कसका लागि यो सबै गर्दै हुनुहुन्छ ?’
ओली पक्षीय नेताहरु मात्र उपस्थित रहेको ७ चैतको केन्द्रीय कमिटी बैठकले भुसालसहित चार नेतालाई स्पष्टीकरण सोधेको थियो । उनीहरुमध्ये जवाफ दिएका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई अध्यक्ष ओलीले सोमबार मात्रै ६ महिनाका लागि पार्टी सदस्यबाटै निलम्बन गरेका छन् ।

भुसाल र पाण्डेलाई भने २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएका थिए । मंगलबार पार्टी अध्यक्ष ओलीलाई जवाफ पठाएका भुसालले आफूहरुलाई सोधिएको स्पष्टीकरणलाई नक्कली प्रक्रिया र प्रमाणका आधारमा सुनियोजित रुपमा लक्षित तथाकथित प्रक्रियाको संज्ञा दिएका छन् ।
उनलेअफुलाई सोधिएको स्पष्टीकरणको जवाफ दिन आवश्यक नभएको, तर आरोप कति पूर्वाग्रही छन् र कति झूठा छन् भनेर जानकारी दिन पत्र लेखेको बताएका छन् ।