यातायात मजदुर र बुकिङ कर्मचारीद्धारा दाङमा सार्वजनिक यातायात सेवा ठप्प



काठमाडौं । सहजरुपमा तलब भत्ताको ग्यारेन्टी हुनुपर्ने माग राखी यातायात मजदुर र बुकिङ कर्मचारीहरुले दाङमा सार्वजनिक यातायात सेवा ठप्प पारेका छन् ।

उनिहरु योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन यातायात प्रालिहरुले पनि कार्यान्वयन गर्नुपर्ने, कोरोना खोप यातायात मजदुर तथा बुकिङ कर्मचारीहरुलाई पनि दिनुपर्ने लगायतका माग राखेर आन्दोलन मा उत्रिएका हुन् ।

बन्दका कारण दाङमा मंगलबार विहानैदेखि सार्वजनिक यातायातका साधन नचल्दा यात्रुहरु मर्कामा परेका छन् । अनिश्चितकालका लागी यातायात बन्द गरेका उनिहरुले आफ्ना माग पूरा नभए सशक्त आन्दोलन गर्ने बताएका छन् । आन्दोलकारीहरुले सार्वजनिक बसका साथै ट्याक्सी र अटोहरु चलाउन पनि रोक लगाएका छन् ।