कम्युनिष्ट नेता मानन्धरको शब अन्तिम श्रदाञ्जलीका लागी पशुपति आर्यघाटमा



काठमाडौं । कम्युनिष्ट नेता स्वर्गीय विष्णुबहादुर मानन्धरको शवलाई मङ्गलबार विहान ८ बजेदेखि ११ बजेसम्म पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको छ ।

सनदगी र इमान्दार नेताको रुपमा परिचित उनको ९१ वर्षको उमेरमा आइतबार निधन भएको हो । स्वासप्रश्वासमा समस्या देखिएपछि १५ दिनअघि अस्पताल भर्ना गरिएका मानन्धरलाई आइतबारबाट भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । छोरा सुनिल मानन्धरका अनुसार, उपचारका क्रममा साँझ ८ः२० बजे अस्पतालमै मानन्धरको निधन भएको हो ।

राणा विरोधी आन्दोलनदेखि नै देश र जनताको पक्षमा लागेका मानन्धर नेपालको वामपन्थी आन्दोलनका एक सादगी र इमान्दार नेताका रुपमा परिचित थिए । जिन्दगीभर कुनै पनि सरकारी पद लिन नचाहेका मानन्धरले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन निरन्तर प्रयास गर्दै आएका थिए ।

मानन्धरले राज्यका कुनै पनि सुविधा र सहुलियत नलिने घोषणा समेत गरेका थिए । उनकी श्रीमतीको सात वर्षअघि निधन भएको थियो । स्वर्गीय मानन्धरका एक छोरा र तीन छोरी रहेका छन् ।