अध्यक्ष ओलीको तानाशाहीविरुद्ध एक भएर जुधौं : नेता नेपाल



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको तानाशाहीको विरुद्धमा जुध्न र क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

उनले आफूलाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गर्ने अध्यक्ष ओलीको निर्णय चरम असहिष्णु भएको प्रतिक्रिया दिएका छन् । अध्यक्ष ओलीले सोमबार नेता नेपाल र भीम रावललाई ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरिएको पत्र पठाएका छन् ।