भारतबाट फर्किएकाहरुलाई १० दिन अनिवार्य आइसोलेसनमा राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशका स्वास्थ्य निकायहरूलाई आइसोलेसन व्यवस्थापनका लागि निर्देशन दिएको छ । मन्त्रालयले भारतमा कोरोना संक्रमण बढीरहेको र कोरोना संक्रमितहरुपनि सार्वजनिक बसहरुमै यात्रा गरीरहेको भन्दै संक्रमितहरुको व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले सोमबार सूचना जारी गर्दै सबै प्रदेशका सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वस्थ्य कार्यालयहरूको समन्वयमा कोरोनाको लक्षण वा चिन्ह भएकालाई अस्पतालमा र लक्षण नभएकालाई आइसोलेसनको व्यवस्था गरी १० दिन अनिवार्य रुपमा राख्न निर्देशन दिएको छ । यस्तै मन्त्रालयले आइसोलेसन सेन्टरमा राखे बापतको प्रतिदिन प्रति बिरामी दुई हजार सोधभर्ना उपलब्ध गराउने जनाएको छ ।