अध्यक्ष स्वयंम अवैधानिक भएकाले कारवाही अस्वीकार्य छ : नेता रावल



पर्टीको सदस्यबाट ६ महिनाका लागी निलम्वनमा परेका एमाले नेता भिम रावलले यो कारवाही स्वीकार्य नहुने बताएका छन् । उनले आफूहरुलाई गरेको कारबाही पार्टी विधान र नवौँ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशनविरुद्धको निरंकुश र स्वेच्छाचारी कुकृत्य भएको दाबी गरेका छन् ।

सामाजिक सञ्जाल ट्ीटरमा लेख्दै रावलले नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयंम अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको उक्त निर्णयको भर्त्सना गर्दै पूर्ण रुपमा अस्वीकार गरेको जनाएका छन् ।