कोरोनाका कारण रोकिएको पुर्वघोषित मानपदवी चैत २७ मा प्रदान गरिने



काठमाडौं । कोरोना महामारीका कारण प्रदान गर्न रोकिएको पुर्वघोषित मानपदवी चैत्र २७ मा प्रदान गरिने भएको छ ।

गृह मन्त्रालयको विभूषण शाखाकी शाखा अधिकृत राधा श्रेष्ठले कोरोना संक्रमणको जोखिमका कारण वितरण हुन नसकेको मानपदवी, अलंकार तथा पदकहरु वितरण आगामी चैत २७ गते हुन लागेको जानकारी दिइन् ।

शीतल निवासमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मानपदवीहरु प्रदान गर्ने जनाइएको छ । अलंकार र पदकहरु भने सम्बन्धित विभागीय प्रमुखहरुले प्रदान गर्नेछन् ।

२०७६ सालको संविधान दिवसको दिन घोषित विभूषणहरुमध्ये मानपदवीहरु प्रदान गर्न लागिएको हो । गृहमन्त्रालयले औपचारिक पोशाक लगाएर सुशोभन समारोहमा सहभागी हुन सम्बन्धित व्यक्तिहरुलार्ई सूचित गरेको छ ।