सिके राउतलाई ३५ दिनभित्र अदालत उपस्थित हुन सुचना जारी



काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ३५ दिन भित्रमा अदालतमा उपस्थित हुन सुचना जारी गरिएको छ ।

राज्य विरुद्धको संगठित अपरासम्वन्भी मुद्धामा नवलपरासी जिल्ला अदालतले राउतलाई आज एक सुचना जारी गर्दै अदालत उपस्थित हुन भनेको छ ।

सूचनामा बाटोको म्यादबाहेक ३५ दिनभित्र आफ्नो सवुत प्रमाण लिई हाजिर हुन आउन भनिएको छ भने म्यादभित्र हाजिर हुन नआए कानुनबमोजिम हुने अदालतले जनाएको छ ।

अदालतले जारी गरेको सूचनामा सीके राउतको ठेगाना ‘जिल्ला रौतहट महादेव गाउँपालिका– २ घर भई हाल जिल्ला धनुषाको जनकपुर उपमहानगरपालिका– ८ डेरा गरी बस्ने’ भनिएको छ ।