बाग्लुङ्ग होली घटनाः यसकारण भएको रहेछ ग्याङ फाईट



काठमाडौं । बाग्लुङको बडिगाड गाउँपालिमा आइतबार होली मनाउनेक्रममा ग्याङ फाईट हुँदा २ जनाको ज्यान गएको छ ।

साबिकको दर्लिङ्ग गाविसको बल्डेधुरी (लेक) मा होली विशेष कार्यक्रम (मेला) मा युवतीलाई जवरजस्ती रङ दलेको विषयलाई लिएर ग्याङ फाइट भएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख एसपी कृष्णबहादुर पल्ली मगरका अनुसार दर्लिङ्ग र राजपुतका युवाहरूबीच झडप भएको हो । सो क्रममा दुई जना युवाको ज्यान गएको पुष्टि भइसकेको छ । कुटपिटमा संलग्न ३ जना फरार रहेको प्रहरीले जनाएको छ ।

घटना भएको स्थान दर्लिङ गुल्मी, प्युठान र बाग्लुङको सङ्गम स्थलको रुपमा रहेको छ । होलीको दिन सो स्थानमा ३ ठाँउका बासिन्दा होली खेल्न भेला हुने गर्दछन् । प्रहरीका अनुसार मृत्यु हुनेमा निशिखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक परियार रहेका छन् ।