बंगलादेशमा मोदी भ्रमणको चर्को विरोध, १३ जनाको ज्यान गयो



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको बिषयलाई लिएर बंगलादेशमा हिंसात्मक झडप भएको छ । झडपमा परि अहिलेसम्म १३ जनाले ज्यान गुमाएका छन् ।

बंगलादेशको ५० औं स्वतन्त्रता दिवशका अवरमा मोदीलाई प्रमुख अतिथीकारुपमा बोलाइएको थियो । यस बिषयमा देशभर विरोध भएको थियो । मोदीको भ्रमणलाई लिएर खासगरि त्यँहाका अतिवादी धार्मिक समूह हिफाजत ई ईस्लामले विरोध जनाएका थिए ।

विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गोली चलाएको हो । प्रहरीको गोली लागेर शुक्रबार ५ र शनिबार ६ र आइतबार थप दुुई जना मारिएका हुन् । भारतमा मुस्लिम समुदायमाथि दमन गर्ने मोदीलाई निम्त्याउनुु गलत भएको भन्दै  सरकारको विरोधमा प्रदर्शन भएको हो ।