चिनद्वारा नेपाललाई ८ लाख डोज खोप हस्तान्तरण



काठमाडौं । चिनियाँ सरकारले सहयोग स्वरुप प्रदान गरेको कोरोना भाइरसविरुद्धको खोप नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेकी छन् ।

चीन सरकारले सहयोग गरेको ८ लाख डोज खोप सोमवार नेपाल आइपुगेको हो । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज खोप लिन आइतवार चीनको राजधानी बेइजिङ गएको थियो । खोप सोही जहाजले सोमवार विहान ल्याई पुर्याएको हो ।