कोरोनाविरुद्धको थप आठ लाख डोज खोप नेपाल ल्याइँदै



काठमाडौं । कोरोनाविरुद्धको आठ लाख डोज खोप आज चीनबाट नेपाल ल्याइँदै छ ।

चीन सरकारको सहयोगमा कोरोनाविरुद्धको ‘भेरासेल’ खोप काठमाडौं ल्याइन लागेको हो । दुई मात्रा लगाउनुपर्ने चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ ।

यसअघि, भारतले सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो । उक्त खोप सरकारले प्राथमिकताका आधारमा नागरिकलाई पहिलो डोज दिइसकेको छ ।