आर्मी र किर्गिस्तानको यू–२३ टोलीबीचको खेल गोलरहित बराबरी



काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब र किर्गिस्तानको यू–२३ टिमसँगको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार दिउँसो आर्मी र किर्गिस्तानले गोलरहित बराबरी खेलेका हुन् ।

त्रिदेशिय फुटबल खेल्न नेपाल आएको किर्गिस्तानले आर्मीसँग मैत्रीपूर्ण खेल खेलेको हो । खेलको पहिलो मिनेटमा आर्मीका नवयुग श्रेष्ठले डिबक्स छेउबाट बल हेड गरे पनि गोल हुन सकेको थिएन । खेलको २६ औं मिनेटमा १८ यार्डबाट अभिलोभ अर्नाजको भली प्रहार पोस्ट बारमा लागेर फर्किदा किर्गिस्तान अग्रता बनाउन असफल भएको थियो ।

खेलको ४७ औं मिनेटमा आर्मीका विवेक बस्नेतले फ्री पाएको बललाई पनि गोलमा परिणत गर्न सकेनन् । आर्मीले एएफसीको प्ले अफमा श्रीलंकाको पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आर्मी र श्रीलंका पुलिसबीचको खेल अप्रिल ७ मा दशरथ रंगशालामा हुनेछ ।