कर्णालीमा पनि तुवाँलोले हवाई उडान प्रभावित



काठमाडौं । कर्णालीका जिल्लाहरुमा तुवाँलोका कारण हवाई उडान प्रभावित बनेको छ । आइतबार बिहानैदेखि तुवालोले ढाकेपछि मुगु, हुम्ला, जुम्ला र डोल्पामा सुर्खेत र नेपालगन्ज विमानस्थलबाट जहाज जान सकेका छैनन् ।

डाँडाकाँडा तुवाँलोले ढाकेपछि उडान भर्न नसकिएको रारा विमानस्थलस्थित तारा एयरलाइन्सका स्टेसन इन्चार्ज लक्ष्मी शाहीले जानकारी दिए । जहाज नउड्दा रारा घुम्न जाने आन्तरिक पर्यटक एयरपोर्टमै बस्न बाध्य भएका छन् ।

पर्यटकीय गन्तव्य रारालाई पनि तुवाँलोले ढपक्कै ढाकेपछि भ्रमणमा पुगेका पर्यटक निराश भएका छन् । यता राजधानी काठमाडौंमा लागेको तुवालो पनि अझै हटेको छैन ।