प्रविण चापागाई र अनिशा शाक्य बेस्ट मोडल



काठमाडौं । कोरोना संक्रमण सँगै ठप्प भएको फेसन सो तथा मनोरंजन बजार बिस्तारै खुल्न थालेका छन् । नेपालमा लोकप्रिय मोडलिङ प्रतियोगिताको रुपमा रहेको मोडल हन्टले शनिवार काठमाडौँमा आफ्नो छैटौ संस्करण सम्पन्न गरेको छ ।

नेपालको मोडलिङ क्षेत्रका पुराना नयाँ पुस्ता तथा फेसन मनोरन्जनमा क्रियाशील व्यक्तिहरुको उपस्थितिमा मोडलहन्ट प्रतियोगिता सम्पन्न भएको हो । ३४ जना युवा तथा ३२ जना युवतीबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगीहरुले आईसी कलेज अफ आर्ट एण्ड फेसनका १७ आंैं ब्याचका ३४ जना विधार्थी डिजाइनरहरुले तयार पारेका पहिरनहरुमा सजिएर प्रतिस्पर्धा गरेका थिए ।

नेक्स्ट मोडल्स नेपालको ब्यानर अन्तर्रगत रवि धमला र एत्ना पाण्डेको निर्देशनमा संचालन भएको मोडल हन्ट नेपालका मुख्य प्रशिक्षक एवं कोरियोग्राफर रोजिन शाक्य हुन् भने प्रतियोगिता शाक्यकै सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतियोगिताका विजेताहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा सहभागी हुन पाउने छन् । यसका साथै कोरियामा सञ्चालन हुने एलबीएमए अवार्डस्, गोवामा सञ्चालन हुने इन्टरनेसनल फेसन वीक, लगायत फेसन, मोडलिङ र मिडियामा विशेष अवसर प्राप्त गर्नेछन् ।