पत्रकार महासंघको अध्यक्ष पदका लागी ५ जनाको उम्मेदवारी



काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष पदका लागि  ५ जनाको उम्मदवारी परेको छ । महासंघको नयाँ नेतृत्व चयनका लागि यही चैत २५ गते निर्वाचन हुँदै छ । त्यसका लागि दलीय गठनबन्धनसहित पत्रकारहरूले विभिन्न पदमा उम्मेदवारी दिएका हुन् ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा कांग्रेस–माओवादी केन्द्र गठनबन्धनबाट प्रेस युनियनका विपुल पोखरेल, युनियनकै तर्फबाट रामप्रसाद दाहाल, स्वतन्त्रतर्फबाट गजेन्द्र बुढाथोकी र दीपक पाठकले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले प्रेस चौतारीको तर्फबाट अध्यक्षका लागि उम्मेदवारी दिएकी छन् । वरिष्ठ उपाध्यक्षमा युनियनले रमेश विष्टलाई उठाएको छ भने युनियनबाटै रामजी दाहाल, एमालेकोे नेपाल पक्षधर प्रेस चौतारीका ध्रुव लम्साल, पोखरेल प्यानलबाट महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जीएम उठेका छन् ।

तर सोही गठबन्धनबाट रेमबहादुर विश्वकर्मा र शीतल महतोले पनि समावेशी उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।
यसैगरी महासचिवमा गठबन्धनबाट प्रेस सेन्टरका रोशन पुरी, युनियनबाटै राजेश मिश्र र सुवोध गौतमले पनि महासचिवमा उम्मेदवारी दिएका छन् ।

प्रेस युनियनका नकुल अर्यालले खुलातर्फ सचिवमा उम्मेदवारी दिएका छन् । यस्तै गठबन्धनबाट माधव नेपालपक्षीय चौतारीका गोविन्द चौलागाईंले उम्मेदवारी दिएका छन् । खुला सचिवमा जन्मदेव जैसी, यम विरहीले पनि उम्मेदवारी दिएका छन्।

पोखरेल प्यानलबाट सिर्जना अर्यालले महिला सचिवमा बागी उम्मेदवारी दिएकी छन् । सोही प्यानलबाट नारायण किलम्बुले आदिवासी जनजाति सचिवमा उम्मेदवारी दिएका छन् ।

सोही प्यानलबाट दीपेन्द्र चौहान, देवकुमार यादव र प्रवीण चौधरीले मधेसी सचिवमा उम्मेदवारी दिएका छन् । गठबन्धनले हेमकर्ण विकलाई दलित सचिवको उम्मेदवार बनाएको छ तर गणेश विक, गोपाल बराइली, मानसिंह विकले पनि उम्मेदवारी दिएका छन् ।

प्रेस युनियनकै केपी ढुंगाना, पवन आचार्य, विनय देवकोटा, राधेश्याम दाहालले एसोसियट सचिवमा उम्मेदवारी दिएका छन् । गठबन्धनबाट प्रेस युनियनका कलेन्द्र सेजुवालले कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् भने युनियनकै प्रकाश थापा, माधव दुलाल, दिलिप पौडेल पनि सोही पदको उम्मेदवार बनेका छन् ।