उपत्यकामा होली लक्षित ‘सुरक्षा योजना’, ५ हजार प्रहरी परिचालन



होलीमा भीडभाडमा हुन नदिन महानगरीय प्रहरी कार्यालयले उपत्यकामा होली लक्षित ‘सुरक्षा योजना’ लागु गरेको छ ।

काठमाडौं उपत्यकामा होलीमा हुनसक्ने उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न ५ हजार प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले जानकारी दिए ।

कानुन विपरितका गतिविधि नियन्त्रण गर्न सुरक्षा योजनासहित ५ हजार बढी प्रहरी परिचालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । सार्वजनिक ठाउँमा भीड गर्न र कानुन विपरितका क्रियाकलाप हुन नदिने उनले बताए ।