चितवनमा बस र स्कुटर ठोक्किँदा स्कुटरमा सवार तीन जनाको मृत्यु



काठमाडौं । चितवनमा शनिबार बससँग स्कुटर ठोक्किँदा २ जनाको मृत्य’ भएको छ । स्कुटरमा सवार बाबुछोरीसहित तीन जनाको र्दुर्घटनामा मृत्यु भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका–२२ पटिहानी पकौडी बजारमा सवा ६ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका भरतपुर–६ गीतानगर बस्ने अन्दाजी ४५ वर्षका मोहन अधिकारी, उनकी १७ वर्षीया छोरी बिनिसा र मोहनका दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारीको उपचारका क्रममा निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य थापाले जानकारी दिए ।

स्कुटरविपरीत दिशाबाट जगतपुरदेखि भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको बससँग ठोक्किएको डिएसपी थापाले बताए । दुर्घटनामा गम्भीर घाइते भएका तीनैजनालाई भरतपुरको सरकारी अस्पतालमा पठाइएको थियो । उपचारको क्रममा सोही अस्पतालमा साँझ ७ बजेतिर उनीहरुको निधन भएको डिएसपी थापाले जानकारी दिए ।