त्रिदेशिय फुटबलमा नेपाल फाइनलमा प्रवेस



काठमाडौं । नेपालमा भइरहेको त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता अन्तरगत नेपाल फाइनल प्रवेस गरेको छ । दशरथ रंगशालामा आज साँझ भएको खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै पनेपालले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

दशरथ रंगशालामा भएको खेलमा नेपालका स्ट्राइकर आजपनि गोल गर्नबाट चुके । अब नेपालले उपाधिका लागि फेरि सोमबार बंगलादेशसँग नै खेल्नेछ । नेपाल इतिहासमा पहिलो पटक कुनैपनि गोल नगरी प्रतियोगिताको फाइनलमा पुगेको हो । नेपाल र बंगलादेशको बराबरीपछि किर्गिस्तान टिम भने प्रतियोगिताबाट बाहिरिएको छ ।