सरकारलाई दिएको समर्थन केही दिनमै फिर्ता हुन्छ : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिने बताएका छन् ।
राजनीतिक गतिरोधबारे बृहत् नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै दाहालले सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रष्ट पारेका हुन् ।

प्रधानमन्त्री केपी ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधिसभा विघटनको कदमलाई लिएर आन्दोलनमा उत्रिएका दल र शक्तिले छिट्टै समर्थन फिर्ता नलिन दबाब दिएको भएपनि उनले अब धेरै दिन कुर्न नसक्ने बताए ।

अध्यक्ष दाहालले ओलीका कदमविरुद्ध सडकमा गएका राजनीतिक दलहरुबीच सहमति गर्ने कोसिसले समर्थन फिर्ता लिने विषय ढिला भएको प्रस्ट्याए ।