निशु ढकालको गजल ‘निशानी’मा गीता र पत्थरको मुटु



काठमाडौँ । गायिका निशु ढकालको नयाँ गजल निशानीको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

निशुको स्वर रहेको गजलमा शब्द शृजना रामचन्द्र तिमल्सिनाको रहेको छ । जसमा नबिन कुमार तिमल्सिनाको रहेको गजलमा एरेन्ज पनि नबिनकै रहेको छ । प्रेम कथामा आधारित गजलमा एउटा राज्यकी राजकुमारीले आफ्नो राजकुमारसँगको विबाह अस्विकार गर्छिन् । कारण हो सेनापतिसँगको प्रेम सम्बनध ।

साँचो प्रेममा ठूलो, सानो, जात, धर्म हेरिँदैन भन्ने विषयलाई दरबार भित्रको हाइप्रोफाइल कथा मार्फत निर्देशक नबिनले कलात्मक शैलीमा कथालाई फिल्मी पाराले बुन्न सफल देखिन्छन् ।

हेर्नुहोस् भिडियो