खोपको व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारको अग्रसरता



सुर्खेत । कर्णाली प्रदेशका आम नागरिकलाई पुग्ने गरी कोरोना खोपको व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारले अग्रसरता देखाएको छ ।
जसका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले संघीय  सरकारलाई आग्रह गर्ने भएको छ । प्रदेश विपद व्यवस्थापन केन्द्र कर्णाली प्रदेशले कोभिड– १९ को लागि विभिन्न १० वटा निर्णय गरेको  छ।

कोभिडबारे जानकारी आदान–प्रदान गर्न हटलाइन कल सेन्टरको व्यवस्था गर्ने, सार्वजनिक यातायातमा अनिवार्यरुपमा मास्क प्रयोग गर्न बस व्यवसायीलाई अनुरोध गर्ने, सीमा नाकाबाट प्रवेश गरेका र स्वास्थ्य परीक्षण गर्दा कोभिड १९ देखिएका व्यक्तिहरुलाई अनिवार्यरुपमा होम आइसोलेसनमा राख्ने निर्णय पनि गरिएको छ ।